चलचित्र ‘लाखे’मा अनुबन्ध भइन् वर्षा राउत

अभिनेत्री वर्षा राउत नेपाली कथानक चलचित्र‘लाखे’ मा अनुबन्ध भएकी छन् । चलचित्रकाे मुख्य अभिनेत्रीको रूपमा उनी अनुबन्ध भएकी हुन् ।

चलचित्रका निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बिहीबार उनीसँग सम्झाैता पनि गरेका छन् ।

चलचित्रकाे कथा मन परेको कारण फिल्मसँग आफू जोडिएको वर्षाले बताइन् । 

उनले भनिन्, ‘कथावस्तु मात्र होइन, फिल्मको युनिट पनि एकदमै राम्रो छ । लाखेमा मेरो भूमिका अहिलेसम्मकै फरक देख्न सक्नुहुन्छ ।’

वर्षासँगै चलचित्रकाे युनिट पूरा भएको छ । सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल लगायतका कलाकारकाे अभिनय रहनेछ ।

वर्षा कसकाे जाेडीकाे रूपमा देखिने हुन् यस बारेमा भने निर्माण युनिटले गाेप्य राखेकाे छ।



ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर प्रालि र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको छ।

चलचित्रकाे छायांकन आगामी पुसको दोस्रो साताबाट सुरु निर्माण युनिटले जानकारी दिएको छ ।



  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १५:१५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया