नेपाल भारतको सम्बन्ध समधुर बनाउन चाहन्छौं : मुकुल वासनिक

भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिकले नेपाल भारतबीचको सम्बन्ध सुमधुर र सुदृढ बनाउन आफूहरू क्रियाशील रहने बताएका छन् । 

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा शुभकामना दिन आएका उनले नेपाल-भारत बीचको सम्बन्ध सुमधुर र सुदृढ बनाउन आफ्नो पार्टी सधैं सचेत रहेको जानकारी दिए ।

उनले भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष साेनिया गान्धीका तर्फबाट कांग्रेस महाधिवेशनको सफलताको शुभकामना पनि दिएका छन् । 

यसअघि भाजपाका हर्षवर्द्धनले पनि कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिँदै नेपाल-भारत सम्बन्ध सुमधुर रहेको जिकिर गरे।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १५:२४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया