नेकपा मालेका महासचिव सिपी मैनालीले कांग्रेस नेता बिपी कोइरालाको नेतृत्वमा भएको प्रजातान्त्रिकरण अभियान थालेको नेताहरूले भुलेको बताएका छन् ।
काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै उनले देशमा व्यवस्था फेरिए पनि अवस्था नफेरिनुमा बिपीको अगुवाइमा भएको प्रजातान्त्रिकरण अभियानको मर्म र उद्देश्यलाई राजनीतिक दल र तिनका नेता भुलेको परिणाम रहेको बताए ।
आन्तरिक किचलो र बाह्य हस्तक्षेपले देश अस्थिरतामा फस्दै आएको बताएका उनले देशका कार्यकारी प्रमुखले देशको अवस्थाबारे जानकार नरहेका टिप्पणी गरे ।
देशभक्त शक्तिहरू एकजुट भएर देशको समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । न्यायालयलाई भागबन्डा दिएर सरकार चलाइरहेकाे उनकाे आराेप थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।