देउवा नबोल्दै अतिथिहरू मञ्चबाट बाहिरिए

नेपाली कांग्रेसको नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन नेपाल र भारतका राजनीतिज्ञहरू पुगेका थिए ।

तर, कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनअघि नै धेरै पाहुनाको रुपमा आएका नेताहरू मञ्चबाट बाहिरिसकेका छन् ।

एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालसहितका अतिथिहरू देउवाको सम्बोधन अघि नै कार्यक्रमबाट बाहिरिएका हुन् ।

एमाले विभाजनपछि पहिलोपटक ओली, नेपाल र प्रचण्ड सहभागी सो मञ्चबाट उनीहरूसहित जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, माले महासचिव सिपी मैनाली आफ्नो सम्बोधन सकेर बाहिरिएका हुन् ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १७:२५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया