नेतृत्वको आलोचना गर्दै रामचन्द्र पौडेलले भने - अब छातीमा हात राखेर आत्मसमीक्षा गरौं

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनमा नीति र कार्यक्रममा छलफल नभएको र समयमा अधिवेशन गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् ।

१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले विधिका लागि मात्र अन्तिम समयमा आएर महाधिवेशन गर्दा प्रभावकारी नभएको भन्दै एमालेको चितवन महाधिवेशनजस्तो आफ्नो महाधिवेशन हुन नसकेको बताए ।

उनले पार्टीलाई सक्षम बनाउन तयारीका साथ जानुपर्नेमा त्यसो हुन नसकेको बताए । उनले देश गतिहीन र अवरुद्ध भएको भन्दै संसद चल्न नसकेको, सर्वोच्च अदालत अस्तव्यस्त भएको, सरकार गतिहीन भएको बताए ।

देशमा आएको परिवर्तन अनुसार कांग्रेस अघि वढ्यो कि बढेन भनेर आत्मसमीक्षा र आत्ममूल्यांकन र आत्मसमीक्षा गर्ने बेला भएको भन्दै यो अधिवेशनमा यसको समीक्षा गर्नुपर्ने बताए । 'हामीले छातीमा हात राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ । आत्ममूल्यांकन गर्ने पनि हो यो अधिवेशन' उनले भने ।

कांग्रेसको गौरवशाली इतिहास रहेको भन्दै उनले यतिवेला पार्टी बहुसंख्यक जनता पक्षमा हुनुपर्नेमा ३१ प्रतिशतभन्दा माथि समर्थन जुटाउन नसकेको भन्दै असन्तुष्टि जनाए ।

उनले निमुखा जनताले न्याय नपाएको भन्दै दलका पहुँच भएका सदस्यले मात्र न्याय पाएको भन्दै उनले अति दलबन्दीबाट देशलाई मुक्त गर्न जरुरी रहेको बताए ।



पार्टीभित्रको आन्तरिक लोकतन्त्र संस्थागत गरी समयमै काम गर्न जरुरी रहेको उनको भनाइ छ । पार्टीमा नैतिक शक्तिको उत्थान गर्न जरुरी रहेको भन्दै उनले पार्टीलाई विकृतिको अखडाबाट मुक्त गर्न सकेमात्र लोकतन्त्र सार्थक हुने बताए ।



  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १८:३३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया