सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो चरणअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आर्मीले आफ्नो अपराजित यात्रा कायमै राख्ने क्रममा च्यासल युथ क्लबमाथि २–०को जित हात पारेको हो ।
खेलको १९औँ मिनेटमा जर्जप्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । उनले टंक बस्नेतको क्रसमा हेडमार्फत उत्कृष्ट गोल गरे ।
३६औँ मिनेटमा जगजित श्रेष्ठले आर्मीको अग्रता दोब्बर बनाए । गौतम श्रेष्ठले उपलब्ध गराएको क्रसलाई पेनाल्टी क्षेत्र भित्र अनमार्क रहेका जगजितले सहजै पोस्टको दिशा दिए ।
त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा आर्मीले सहज जित हात पारेको हो ।
दोस्रो जित निकाल्दै आर्मी ४ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा उक्लिँदा दोस्रो पराजय बेहोरेको च्यासल समान खेलबाट ४ अंकका साथ नवौँ स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।