आगामी निर्वाचनमा कांग्रेसले गाउँदेखि केन्द्रसम्मै सरकार बनाउने देउवाको दाबी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँदेखि केन्द्रसम्म कांग्रेसकै सरकार बनाएर देखाउने दाबी गरेका छन् । 

कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहलाई समापन गर्दै सभापति देउवाले आगामी निर्वाचनमा गाउँदेखि केन्द्रसम्मको सरकार कांग्रेसकै बन्ने दाबी गरेका हुन् ।

उनले ओली नेतृत्वको सरकार हुँदा मुलुकमा डर त्रास व्याप्त रहेकोमा अहिले त्यसबाट देशलाई मुक्ति मिलेको बताए । उनले ओली प्रकृतिबाट मुक्त गर्न नेपालमा कांग्रेस युक्त सरकार आवश्यक रहेको बताएका छन् ।

यसका साथै देउवाले कम्युनिस्ट शासनबाट मुक्त गर्न एक पटक आफूलाई कांग्रेस सभापतिमा निर्वाचित गराउन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

'कांग्रेसलाई पहिलो पार्टी बनाएर देशको नेतृत्वमा ल्याऔं । कांग्रेसलाई स्थानीय तहदेखि केन्द्रसम्म नेतृत्व गर्ने पार्टी बनाउने जिम्मा म लिन्छु । तपाईं एक पटक मलाई निर्वाचित गराउनुहोस्,' उनले भने ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १८:५८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया