प्रदीप पौडेल महामन्त्री उम्मेदवार पक्का, बालुवाटारमा देउवासँग छलफलमा

नेपाली कांग्रेसको कृष्ण सिटौला समूहले प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार पक्का गरेको छ । 

कांग्रेसको निर्णायक धार मानिएको सो समूहले आन्तरिक छलफल गरेर पौडेललाई महामन्त्रीमा पक्का गरेको हो ।  

सो समूहले केन्द्रीय महाधिवेशनमा शेरबहादुर देउवासँग सहकार्य गर्ने लगभग पक्का भएको छ ।  

पार्टी महाधिवेशनको उद्घाटन सत्रलगत्तै आन्तरिक छलफल सकेर सिटौलालगायत नेता फाइनल सहमतिका लागि प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।  

सिटौलाले आफूलाई साथ दिनेहरूलाई स्थापित गरिछाड्ने बताउँदै आएका छन् । महाधिवेशन उद्घाटन कार्यक्रममा उनले प्रदीप पौडेलको नामै लिएर स्थापित गर्ने बताएका थिए । 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार २०:२३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया