सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएँ, पौडेललाई साझा उम्मेदवार बनाउनुपर्छ : शशांक
नाराबाजीका साथ दबाब दिँदै समर्थक

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी रहेका शशांक कोइरालाले आफू सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएको बताएका छन् । 

शुक्रबार महाधिवेशनको उद्घाटन समारोह सकिएसँगै बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साझा उम्मेदवार चयनका लागि जुटेका संस्थापन इतर पक्षको बैठकबाट बाहिरिँदै नेता कोइरालाले आफू सभापतिको दौडबाट बाहिरिएको जानकारी दिए । 

आकांक्षी तीन जनाबीच सहमति नजुटेको उनले बताए । ‘म प्रतिस्पर्धाबाट बाहिरिसकेको छु’ कोइरालाले भने ‘तीनजना बीचमा सहमति हुन सकेको छैन।’

कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउनु पर्ने बताए। ‘शेखर र प्रकाशमान बाहिरिएर रामचन्द्र पौडेललाई नै साझा उम्मेदवार बनाउनुपर्छ,’ उनले भने ।

यसैबीच अनुपम फुडलयाण्डबाहिर समर्थकहरुले साझा उम्मेदवार दिनपर्यो, प्रतिनिधिलाई बन्दी नबनाऊ, आज निर्णय गर भन्दै नाराबाजी गरिरहेका छन् । 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार २१:५५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया