नेपाली कांग्रेसका पूर्वमहामनत्री कृष्णप्रसाद सिटौलाले आफ्नो समूहबाट प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउन पार्टी सभापति शेरबहादुर देउवासँग लबिइङ गरेका छन् ।
आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरिरहेका देउवासँग सिटौलाले आफ्नो समूहबाट पौडेललाई महामन्त्री बनाएमा आफूलाई कुनै पदमा राख्न नपर्ने बताएका हुन् ।
शुक्रबार कांग्रेस महाधिवेशन उद्घाटनअघि नै सिटौलले देउवासँग सो प्रस्ताव गरेका हुन् । उनको प्रस्तावमा देउवा सकारात्मक भएको सिटौलाले आफ्नो समूहको बैठकमा ब्रिफिङ दिएका थिए ।
यसअघि देउवा समूहले सिटौलालाई उपसभापतिमा प्रस्ताव गर्दै सहयोग मागेका थिए । सिटौलाले आफू केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।