साझा उम्मेदवार बनाउन माग गर्दै पौडेलपक्षको बैठकस्थल बाहिर नाराबाजी

साझा उम्मेदवार तय गर्न दबाब दिँदै इतर पक्षको बैठक भइरहेको अनुपम फुड ल्याण्डमा कार्यकर्ताले नाराबाजी गरेका छन् ।

शुक्रबार महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै कांग्रेसको संस्थापन इतरपक्ष यतिबेला बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको छ। 

बैठक जारी रहे पनि नेताहरुबीच सहमति हुन नसकेको भन्दै इतर पक्षका महाधिवेशन प्रतिनिधिहरुले साझा उम्मेदवारका लागि दबाब दिँदै नाराबाजी गरेका हुन् ।

इतर पक्षबाट शशांक कोइरालाले आफू प्रतिस्पर्धाबाट बाहिरिएको र तीनजनाबीच सहमति हुन नसकेको बताएका छन् । उनले शेखर कोइराला र प्रकाशमान सिंहले रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाएर अघि बढ्नुपर्ने बताएका छन् । 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार २२:२२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया