logo-img

महामन्त्री खड्का प्रतिवेदन वाचन गर्दै, प्रतिनिधिहरू गफमा व्यस्त

नेपाली कांग्रेस बन्दसत्रको दृश्य अव्यवस्थित देखिएको छ । बन्दसत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन् । 

यतिबेला महमहामन्त्री पूर्णबहादुर खड्काले महामन्त्रीको प्रतिवेदन बाचन गरिरहेका छन् । प्रतिवेदन सुन्नमा कसैको ध्यान छैन ।

उम्मेदवार बन्दसत्र भित्रै प्रचार गरिरेहका छन् भने प्रतिनिधि उम्मेदवारसँग गफ गर्न व्यस्त छन् । मञ्चमा सभापति शेरबहादुर देउवा प्रतिवेदन हेरिरहेका छन् भने अरू नेता साइड गफ गरिरहेका देखिन्छन् । 

प्रतिवेदन उपसभापति विमलेन्द्र निधि, विजय गच्छदार र नेता सुनिल थापाले सुनिरहेका छन् । 



बन्दसत्रमा नेता पौडेलसँगै प्रकाशमान सिंह र शेखर कोइराला पनि अनुपस्थित रहेका छन् । बन्दसत्रमा कृष्ण सिटौला पनि उपस्थित छैनन् । उनको टिमका प्रदीप पौडेल भने बन्दसत्रमा उपस्थित रहेका छन् ।

पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा छलफलमा रहेको छ ।



  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया