बैठकस्थलबाट बीचमै उठेर हिँडे प्रकाशमान
फरकधार / २४ मंसिर, २०७८
यो सामग्री सेयर गर्नुहोस्

साझा उम्मेदवार तय गर्न बसेको संस्थापनइतरको बैठक चल्दै गर्दा सभापतिका आकांक्षी नेता प्रकाशमान सिंह बैठक छाडेर हिँडेका छन् । 



सभापतिको दाबेदारीबाट पछि नहटेका उनी ‘यस्तो छलफलले कुनै निष्कर्ष निस्किँदैन’ भन्दै बैठकबाट बाहिरिएका हुन् । उनले शक्तिप्रदर्शनसहित सभापतिमा उम्मे​दवारी दिने बताएका छन् । 



यसअघि सभापतिका दाबेदार शशांक कोइरालाले आफूसभापतिको उम्मेदवारीबाट पछि हटेको उद्घोष गरेका थिए । उनले रामचन्द्र पौडेललाई साझा उम्मे​दवार बनाउन प्रस्ताव गरेका थिए ।



समूहको छलफलमा वरिष्ठ नेता पौडेलले आफूलाई सर्वसम्मत उम्मेदवार नबनाए राजनीतिबाटै सन्न्यास लिने बताएका थिए । 







  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार २२:४२:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया