छलफल सकारात्मक दिशातिर गएको छ, भोलि बिहानसम्म निर्णय आउँछ : शेखर कोइराला

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका आकांक्षी डा. शेखर कोइरालाले आफ्नो समूहमा भइरहेको छलफल सकारात्मक दिशातिर गइरहेको बताएका छन् । 

पौडेल समूहको बैठकबाट बाहिर निस्कँदै उनले सभापतिलगायत १३४ पदका लागि उम्मेदवार तय गर्नुपर्ने भएकाले पनि समय लागेको बताए । आफ्नो समूहमा मात्र नभएर अन्य समूहमा पनि उम्मेदवारी टुंग्याउन समय लागेको उनको भनाइ थियो । 

आफ्नो समूहमा सभापतिमा धेरै आकांक्षी देखिएको भनेर सञ्चारमाध्यमले समाचार संप्रेषण गरिरहेकोमा असन्तुष्टि राख्दै उनले संस्थापन पक्षबाट विमलेन्द्र निधिले विद्रोह गरेको विषयलाई पनि स्मरण गर्न उनले सुुझाए । 

तपाईं आफूचाहिँ त्याग गर्ने पक्षमा हुनुहुन्छ कि हुनुनहुन्न ? भन्ने पत्रकारको प्रश्नमा उनले राजनीतिमा त्याग हुन सक्ने भन्दै आफूले अघिल्लो महाधिवेशनमा त्याग गरेको स्मरण गराए । यसपटक पनि त्याग गर्न सक्ने कुरा उनले नकारेनन् । यद्यपि, उनले पार्टीको आन्तरिक निर्वाचन भएकाले धेरै उम्मेदवार भएको विषयलाई प्रश्न बनाउन नहुने बताए ।

विभिन्न सञ्चार माध्यममा आएजस्तो भावी राष्ट्रपति, प्रधानमन्त्रीलगायत पदको भागबन्डाबारे आफ्नो समूहमा कुनै छलफल नभएको उनले सुनाए । 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार २३:४३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया