कांग्रेस अधिवेशन : अन्तिम समयमा पनि साझा उम्मेदवारकाे खाेजी

मनोनयन दर्ताको समय हुनै लाग्दा सभापतिको साझा उम्मेदवार तयार गर्नेबारे फेरि कांग्रेसको संस्थापनइतर पक्षको बैठक बस्दैछ । 

महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य डा. शेखर कोइरालासहितको बैठक आज बिहान ८ बजेपछि बस्ने भएको हो ।

उनीहरू तिनै जना सभापति पदका आकांक्षी हुन् । केन्द्रीय सदस्य जीवन परियारले सभापति पदका अर्का आकाङ्क्षी रहेका पूर्वमहामन्त्री प्रकाशमान सिंहको बैठकमा आउने टुंगो नभएको फरकधारलाई बताए ।

यसअघि शुक्रबार साँझ महाधिवेशनको उद्घाटन सत्र सकिए लगत्तै सिंहसहितका नेताहरू पौडेल र कोइरालाद्वय बैठकमा जुटेका थिए । 

तर, कुनै सहमति हुन सकेन । त्यसपछि नेताहरू बैठकस्थल बत्तिसपुतलिस्थित अनुपम फुडडल्याण्डबाट बाहिरिएका  थिए । साझा उम्मेदवार तयार गर्नैपर्छ भनेर कार्यकर्ताहरूले भने उनीहरूलाई दबाब दिँदै आएका छन् । 






  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार ८:४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया