यु-१९ साफ च्याम्पियनसिपमा बंगलादेशको सामना गर्दै नेपाल

यु-१९ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा साँझ पौने सात बजे सुरु हुनेछ ।

नेपाल बंगलादेशविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टोलीको सहभागिता छ ।

आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंका सहभागी छन् । शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।

नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध १५ डिसेम्बरमा खेल्नेछ । नेपालले  तेस्रो खेल भुटानसँग १७ डिसेम्बर र चौथो तथा अन्तिम खेल भारतविरुद्ध १९ डिसेम्बरमा खेल्नेछ ।

फाइनल २२ डिसेम्बरमा हुनेछ । 





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार ८:१६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया