२६ कात्तिक, २०८२ बुधबार
Nov. 12, 2025

कांग्रेस सभापतिको दौडबाट पछि हटे गोपालमान श्रेष्ठ

संस्थापन पक्षबाट सभापति पदको दाबी गरिरहेका नेता गोपालमान श्रेष्ठ पछि हटेका छन् । उनको सचिवालयका अनुसार सभापति शेरबहादुर देउवा फेरि सभापति हुने गरी अघि बढेपछि श्रेष्ठ पछि हटेका हुन् । 


देउवाले आज बिहान १० बजेपछि सभापति पदमा मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । 



नेता श्रेष्ठले देउवालाई पटकपटक सहयोग गरेको भन्दै यसपटक देउवाकै समर्थनमा सभापति पदमा उम्मेदवारी दिने इच्छा रहेको फरकधारलाई बताएका थिए । तर, आफ्नै गृह जिल्ला स्याङ्जामा हालै सम्पन्न पार्टीको अधिवेशनले  उनको प्रभाव घट्दो क्रममा रहेको देखाएको थियो ।

अब सभापतिको दाबेदारीबाट पछि हटेका श्रेष्ठलाई देउवाले कुन पदमा व्यवस्थापन गर्लान् टुंगो लागेको छैन । उपपप्रधानमन्त्री समेत भएका श्रेष्ठले पार्टीको उपसभापतिको जिम्मेवारी सम्हालिसकेका छन् । 






  • प्रकाशित मिति : २५ मंसिर, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया