तुलसीपुर कारागारका कैदीबन्दीले गरे रक्तदान
सांकेतिक तस्बिर

दाङस्थित तुलसीपुर कारागारमा रहेका सय जना कैदीबन्दीले रक्तदान गरेका छन् । रगत अभावलाई टार्न कारागारभित्र रक्तदान गरिएकाे हाे ।

पर्खालभित्र रहे पनि बाहिरी समाजलाई सेवा गर्न सकिन्छ भन्ने ध्येय राखेर रक्तदान गरिएको कैदीबन्दी सन्दीप खड्काले बताए । कारागार प्रशासनको अगुवाइमा रक्तदान कार्यक्रम भएकाे हाे ।

कारागारमा ५२५ कैदीबन्दी छन् । ३१ महिला र चार आश्रित बालबालिका पनि कारागारमा छन् । 

कैदीबन्दी सीप विकाससँगै सामाजिक र मानवीय सेवामा लागेको तुलसीपुर कारागारका प्रमुख अमरबहादुर ओलीले बताए ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र दाङका प्रमुख दिलीप न्यौपानेका अनुसार हाल  दाङमा मासिक रुपमा ४ सय ५० युनिट रगत खपत हुने गरेकाे छ ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १०:४३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया