नेपाली कांग्रेसका केन्द्रीय सदस्य पदमा गणेश लामाले उम्मेदवारी दिने घोषणा गरेका छन्।
आज शनिबार हुने उम्मेदवारको मनोनयन दर्तामा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको लामाले जानकारी दिए ।
पार्टीमा युवाहरूको भूमिकालाई सशक्त बनाउन र राष्ट्रियता बलियो बनाउन उम्मेदवारी दिने लामाकाे भनाइ छ ।
लामा प्रदेश सभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवार थिए । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँगै लामा पनि कांग्रेसमा आएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।