नेपाली कांग्रेसकी नेतृ रमा पौड्यालले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेकी छन् । पौड्यालले खुल्ला महिलातर्फबाट केन्द्रीय सदस्य पदको उम्मेदवारी घोषणा गरेकी हुन् ।
महिलाहरूलाई पार्टी संगठनमा सशक्त बनाउन र केन्द्रीय समितिसम्म महिलाका आवाज पुर्याउन पौड्यालले केन्द्रीय सदस्यमा आफूलाई जिताउन अपिल गरेकी छन् । केही समयमै उनले उम्मेदवारी दर्ता गराउने भएकी छन् ।
ट्रेड युनियन कांग्रेसको राजनीतिमा तीन दशकभन्दा बढी बिताएकी पौड्याल वैकल्पिक कांग्रेस केन्द्रीय सदस्य पौडेल हुन् । पारिवारिक राजनीतिक विरासत बोकेकी समन्वयकारी नेतृ कांग्रेस नेता कार्यकर्तामाझ निकै लोकप्रिय छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।