डडेल्धुरामा बस दुर्घटना, १६ काे मृत्यु
सांकेतिक तस्वीर

डडेल्धुरा– डडेल्धुराकाे रडुवा खाेलामा बस दुर्घटना हुँदा १६ जनाकाे मृत्यु भएकाे छ । 

डडेल्धुराबाट डाेटी जाँदै गरेकाे बस दुर्घटनामा परेकाे हाे । 

से १ क २९३ नम्बरकाे स्कुल बस दुर्घटनामा पर्दा १० जनाकाे घटानास्थलमा र ६ जनाकाे डडेल्धुरा जिल्ला अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

उग्रतारा मेलाबाट डोटी फर्किने क्रममा साँझ ५:४० बजे डोटीस्थित पिसजोन एकेडेमीको स्कुल बस दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले फरकधारलाई जनाएकाे छ । घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

दुर्घटनाबारे विस्तृत जानकारी अाउन बाँकी छ । तर, प्रहरीले बस अाेभरलाेडका दुर्घटनाग्रस्त भएकाे हुनसक्ने अनुमान गरेकाे छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७५ बिहीबार २२:५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया