नेपाली कांग्रेसको संस्थापन पक्षले प्रदेशस्तरीय र समावेशीतर्फका केन्द्रीय सदस्यको उम्मेदवार टुंग्याएको छ । संस्थापनले सात प्रदेश तथा समावेशीतर्फका उम्मेदवारहरूको टुंगो लगाएको हो ।
प्रदेश १ मा अमृत अर्याललाई मोरङ, आनन्द सन्तोषी राईलाई धनकुटा र मपिहलामा महिन्द्र लिम्बूलाई झापाबाट उम्मेदवार बनाइने भएको छ । त्यस्तै, प्रदेश २ बाट रमेश रिजाल पर्सा, आनन्द ढुंगाना धनुषा र महिलामा चित्रलेखा यादव सिरहा उम्मेदवार बनाउने निर्णय भएको छ ।
बागमती प्रदेशबाट ध्यानगोविन्द रञ्जित काठमाडौं, ध्रुव अधिकारी नुवाकोट र महिलामा उर्मिला केसी ललितपुर उम्मेदवार बन्ने भएका छन् । गण्डकीबाट ध्रुव वाग्ले तनहुँ, सोभियतबहादुर अधिकारी कास्की, र महिलामा सरस्वती तिवारी स्याङ्जा, लुम्बिनीबाट देवेन्द्रराज कण्डेल नवलपरासी पश्चिम, चन्द्र केसी गुल्मी र महिलामा शिला शर्मा खड्का दाङलाई उम्मेदवार बनाउने निर्णय भएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
कर्णालीमा कर्णबहादुर बुढा डोल्पा, राजीवविक्रम शाह जाजरकोट र महिलामा जानकी सिंह सुर्खेत तथा सुदूरपश्चिम प्रदेश सदस्यमा डा. रणबहादुर रावल कैलाली, यज्ञराज जोशी कञ्चनपुर तथा महिलामा सुशीला भट्ट कैलालाई उम्मेदवार बनाइने भएको छ ।
प्रदेशबाट दुई पुरुष र एक महिला सदस्य बन्ने प्रावधान विधानमा छ । मुस्लिम कोटाको केन्द्रीय सदस्यमा अब्दुल रज्जाक रुपन्देही, अब्दुल सतार गोरखा र सुविदा खातुन बर्दियालाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।
पिछडिएको क्षेत्रबाट अर्जुनजंगबहादुर सिंह बझाङलाई उम्मेद्वार बनाउने निर्णय संस्थापनले गरेको छ । त्यस्तै अल्पसंख्यक कोटामा प्रदीप सुनुवार ओखलढुंगालाई उम्मेदवार बनाउने निर्णय संस्थापनले गरेको छ ।
अपाङ्गता कोटाबाट मदनकृष्ण श्रेष्ठ भक्तपुरलाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।