कांग्रेसलाई भागबण्डाले बर्बाद गर्यो, मेरो लक्ष्य गुटबन्दी समाप्त गर्ने हो : कल्याण गुरुङ

नेपाली कांग्रेसका सभापतिको उम्मेदवार कल्याण गुरुङले अब पार्टीको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएका छन् । सभापतिको पदमा मनोनयन दर्तापछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै उनले कांग्रेसको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने चाहना कार्यकर्ताको रहेकाले आफूले सभापतिमा उम्मेदवारी दिएको बताए ।

'नयाँ पुस्ता र युवा पुस्ताको प्रतिनिधित्व गर्दै मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएको छु । मैले परिवर्तन, न्याय र समानताका पक्षमा आफ्नो आवाज उठाइरहेको छु' उनले भने ।

उनले सबै महाधिवेशन प्रतिनिधि परिवर्तन, न्याय र समानताको पक्षमा रहेको उल्लेख गर्दै आफूलाई भोट हाल्नेमा विश्वस्त रहेको बताए । उनले नेपाली कांग्रेसलाई भागबण्डाले बर्बाद गरेको बताए ।

उनले भने, 'नेपाली कांग्रेसलाई भागबण्डाले बर्बाद गर्यो । भागबण्डा गुटबन्दीको कारणले भयो । त्यसैले नेपाली कांग्रेस विधानअनुसार सञ्चालन हुनुपर्छ ।'

उनले पुराना खाइपाई गरेका व्यक्तिले विधान अनुसार पार्टी सञ्चालन गर्दा अवरोध सिर्जना गर्ने सक्ने उल्लेख गर्दै ७/८ महिनामा त्यो अवरोधलाई चिरेर अगाडि बढ्न सकिने बताए । उनले पार्टीलाई विधानअनुसार अगाडि बढाउँदा भागबण्डा र गुटबन्दी समाप्त हुने तर्क गरे ।

'मेरो लक्ष्य पार्टी भित्रको गुटबन्दी समाप्त गर्ने हो । कांग्रेसभित्र कुनै व्यक्तिले अवसर पाएको पाइ गर्ने कसैले पुस्तौं पुस्ता लाग्दा पनि अवसर प्राप्त नगर्ने त्यसैले समानुपातिक सांसदमा एक पटक मात्रै हुने व्यवस्था म सभापति भएको भने गर्छु ।' उनले भने ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १४:६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया