कांग्रेस सभापतिको उम्मेदवार दिने तयारी गरेका शेखर कोइरालाले उपसभापतिमा मिनेन्द्र रिजाल र एनपी साउदलाई अघि सार्ने तयारी गरेका छन् । रामचन्द्र पौडेल र शशांक कोइरालाको साथ लिएर टिम निर्माणको तयारी भइरहेको एक नेताले जानकारी दिए ।
अहिले उनीहरूबीच काठमाडौंको एक होटलमा छलफल भइरहेको तीन नेताले जानकारी दिए । ती नेताका अनुसार उनले महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मालाई अघि सार्ने तयारी गरेका छन् ।
सभापति शेरबहादुर देउवासँग नबस्ने निश्चित भएपछि विश्वप्रकाश शेखर पक्षबाट महामन्त्रीमा भिड्ने तयारी गरेका हुन् । यद्यपि विश्वप्रकाशलाई पौडेल समूहबाट अलग भएका प्रकाशमान सिंहले पनि आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।