सहिद स्मारक ए डिभिजन लिगमा न्युराेड टिम (एनआरटी ) ले पहिलो जित हात पारेकाे छ ।
एनआरटीले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदाेबाटाे युथ क्लबमाथि १-० को जित हात पारेकाे हाे ।
स्टेफेन समिर बिनाेङले गरेकाे एक मात्र गाेल एनआरटीको जितमा निर्णायक बन्याे ।
स्टेफेनले दोस्रो हाफको सुरुवातमै माेसाेउके ओलोमोउको पासमा गाेल गरेका थिए ।
याे जितसँगै एनआरटीले चार खेलमा ५ अंक जोड्दा पहिलो पराजय बेहाेरेकाे सातदाेबाटाेकाे ७ अंक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।