नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १७८ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै आज ३०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ६ हजार ५४४ पुगेको छ ।
आज नेपालमा थप १ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५५३ पुगेको छ ।
देशभर ५ हजार ८८३ सक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।