श्रृङखला मिस वल्र्डको उत्कृष्ट ३० मा

काठमाडौं– चीनको सान्या शहरमा जारी मिस वल्र्ड–२०१८ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ श्रृङखला खतिवडा सेमिफाइनलमा पुगेकी छन् । १ सय २१ देशका सुन्दरी सहभागी भएको प्रतियोगितामा श्रृङखला उत्कृष्ट ३० मा पुगेकी हुन् । 

टप मोडेल विधा अन्तर्गत उनी सेमिफाइनलमा पुगेकी हुन् । उनले बिहीबार साँझ फेसबुकमार्फत आफू सेमिफाइनलमा पुगेको बताइन् । 
मिस वल्र्डमा भाग लिन श्रृङखला नौ दिनअघि चीन गएकी हुन् । 

यसपटकको मिस वल्र्ड प्रतियोगितामा श्रृङखला एसियाबाट सबैभन्दा प्रभावशाली देखिएकी छन् । डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को अन्तिम प्रतिस्पर्धा हुँदै छ । 

मिस वल्र्डको काउन्ट डाउन सुरु भइसकेको छ । 


 





  • प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार ७:४५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया