विमलेन्द्र निधिले गराए सभापतिमा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आफ्ना समर्थक र शुभेच्छुकसहित निधि सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

‘मैले सभापतिमा उम्मेदवारी दर्ता गरेर आएको छु । मलाई जिताउन सबै महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्छु,’ निधिले भने ।

निधिले सभापतिमा मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उनले प्यानल नै खडा गरेका भने छैनन् ।

यसअघि सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, वर्तमान सभापति शेरबहादुर देउवा, नेताहरू प्रकाशमान सिंह, शेखर कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिँदै छन् ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १६:१६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया