देउवाले गरे प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत वर्तमान सभापति शेरबहादुर देउवाले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आफ्नो टिमसहित पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार छन् । यस्तै, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् ।

उनको प्यानलबाट सहमहामन्त्रीमा महिलातर्फ डिना उपाध्याय, जनजातिमा भिष्मराज आङ्दाम्वे, मधेशीतर्फ महेन्द्र यादव, खस आर्यतर्फ किशोर यादव, थारूतर्फ उमाकान्त चौधरी, मुस्लिमतर्फ फरम्ल्ला मनसुर, पिछडिएकातर्फ जीवनबहादुर शाही, दलिततर्फ मानबहादुर विश्वकर्मा रहेका छन् ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १६:४५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया