पार्टीलाई शुद्धीकरण गर्न सभापतिमा उम्मेदवारी दिएँ : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिनु परेको बताएका छन् ।

पार्टीको जारी १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता सिंहले पार्टीलाई विधिसम्मत, नियम सम्मत र संस्थागत ढंगले अघि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका हुन् ।

उनले महाधिवेशनमा दोस्रो चरणको निर्वाचन हुने र आफूसहित आफ्नो प्यानल नै विजयी हुने दावीसमेत गरे । नेता सिंहले भने, ‘मेन कुरा के हो भने पार्टीलाई विधिसम्मत, नियमसम्मत संस्थागत गर्ने । पार्टीलाई शुद्धीकरण गर्न, पार्टीलाई सुदृढीकरण गर्नका लागि मैले उम्मेदवारी दिएको हो । दोस्रो चरणको निर्वाचन हुने र आफूसहित आफ्ना प्यानल नै विजयी हुनेछ ।’

नेता सिंहले १३ औँ महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर अरु नेताहरुलाई अवसर दिएकाले यस पटक आफूलाई सहयोग गर्न विश्वास समेत व्यक्त गरे ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १८:५०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया