आगामी निर्वाचनमा बहुमत ल्याउन कांग्रेस सभापतिमा मेरो उम्मेदवारी : निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आगामी निर्वाचनमा पार्टीको बहुमत ल्याउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन् ।

निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको सफल कार्यान्वयन गर्न कांग्रेसले भूमिका निर्वाह गर्नुपर्ने भएकोले त्यसको नेतृत्वमा आफूले दाबी गर्नुपरेको बताएका हुन् ।

पार्टीको जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि उनले सञ्चारकर्मीमाझ भने, ‘आगामी निर्वाचनमा नेपाली कांग्रेसको सरकार बनोस । एकमना सरकार बनोस् । र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जुन हामीले ल्याएका छौं । त्यो प्रणालीको सफल कार्यान्वयन गराउनु आजको आवश्यकता हो । नेपाली कांग्रेसको माध्यामबाट संघीय लोकतान्त्रिक गणतन्त्रको साशन व्यवस्था र हामीले बनाएको संविधानको सफल कार्यान्वयन गर्नका लागि नेपाली जनतालाई अपिल गर्न चाहन्छु कि कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत दिनुहोस ।’

निधिले सबै राजनीतिक दल र नेताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था बिर्सिन लागेको आरोप समेत लगाए । 





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १९:४५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया