कांग्रेस महाधिवेशनमा सुदूरपश्चिमबाट सभापतिदेखि सदस्य सम्ममा उम्मेदवारी
फरकधार / २५ मंसिर, २०७८

शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको १४औँ महााधिवेशनअन्तर्गत आगामी नेतृत्वका लागि सुदूरपश्चिमबाट सभापतिदेखि सदस्य पदमा उम्मेदवारी परेको छ ।



शनिबार सम्पन्न उम्मेदवारी दर्तामा कांग्रेसको नयाँ नेतृत्वका लागि सुदूरपश्चिमबाट सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन्। यसैगरी उप–सभापतिमा कैलालीकी दिव्वश्वरी शाह र सहमहामन्त्रीमा बाजुराका बद्री पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । 

उपसभापतिमा उम्मेदवारी दर्ता गराएकी दिव्यश्वरी शाह यसअघि देउवाको टिममा रहेपनि उम्मेदवारी दर्ता गराउदा भने अर्का सभापतिका उम्मेदवार विमलेन्द्र निधिको टिममा देखिएकी छन् । यसै गरी सह–महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका पाण्डे भने अर्का सभापतिका उम्मेदवार शेखर कोइरालाको प्यानलमा रहेका छन् । 



कांग्रेसको नयाँ नेतृत्वका लागि देउवा प्यानलबाट केन्द्रीय सदस्यमा नेता एनपी साउद र रमेश लेखकले खुलामा उम्मेदवारी दर्ता गराएका छन् । यसअघि महामन्त्री तथा पदाधिकारीमा दाबी गरेका साउद र लेखकले अन्तिममा केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् । दुवै नेता कञ्चनपुरका हुन् । 



त्यस्तै, सभापति देउवाको गृहजिल्ला डडेलधुराका युवानेता एवं नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर र देउवापत्नी डाक्टर आरजु राणाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।  

कांग्रेसको १४औँ महाधिवेशनमा सुदूरपश्चिमको दार्चुलाबाट दिलेन्द्र बडू, कैलालीका विजय स्वार, कैलालीका क्षितिज भण्डारी, अछामका तीर्थ रावल, बाजुराका जनक गिरी, कैलालीका भरत शाही र कैलालीका कमल शाहले पनि खुला सदस्यमा उम्मेदवारी दिएका छन् । 

यसैगरी, देउवा प्यानलबाट थारू केन्द्रीय सदस्यमा रामजनम चौधरीले पनि उम्मेदवारी दिएका छन् । यस्तै, भूगोलतर्फ कैलालीका डा. रणबहादुर रावल, कञ्चनपुरका यज्ञराज जोशी तथा महिलातर्फ सुशीला मिश्र भट्टले पनि उम्मेदवारी दर्ता गराएका छन् । 

प्रदेशबाट दुई पुरुष र एक महिला सदस्य बन्ने प्रावधान विधानमा छ । यस्तै, भूगोलकै महिलातर्फ बझाङकी चन्दा जोशी र रमिता देउवाको पनि उम्मेदवारी परेको छ । यस्तै, भूगोलतर्फ डोटीका भक्तबहादुर बलायर, डडेल्धुराका गणेशराज भट्ट, कञ्चनपुरका जीवनसिंह बिष्ट, बझाङका जगतप्रसाद जोशी, डोटीका भरतबहादुर खड्का, कञ्चनपुरका दिवानसिंह विष्ट, कञ्चनपुरकै पुष्करराज ओझा र डडेल्धुराका गोविन्दले बोहराले पनि उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै, संस्थापन पक्षबाटै बझाङका अर्जुनजंगबहादुर सिंहले पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् भने धनगढीका उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड, प्रदेशसभा सदस्य टेकबहादुर रैका, पदम नेपाली र रमेश ताम्राकारले दलित समावेशीतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । न्यूज कारखाना

  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार २१:३३:३४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया