कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बंगलादेशमा पनि पुष्टि भएको छ । शनिबार दुईजना महिला खेलाडीमा ओमिक्रोन पुष्टि भएको त्यहाँका स्वास्थ्यमन्त्री जहिद मालेक्युले जानकारी दिए ।
संक्रमितहरु बंगदेशको क्रिकेट खेलाडीहरूको समूहका सदस्य हुन् । उनीहरु विदेशमा भएको प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएका थिए ।
सरकारी अधिकारीका अनुसार जिम्बाबेबाट केही दिनअघि मात्रै फर्किएका दुई खेलाडीमा संक्रमण पुष्टि भएको हो । उनीहरूलाई ढाकास्थित होटल आइसोलेसनमा राखेर उच्च सतर्कताका साथ उपचार भइरहेको एएनआईले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।