कांग्रेस नेता एनपी साउदले अन्ततः देउवा क्याम्प छाडेका छन् । पछिल्लो समय सभापति शेरबहादुर देउवाको समूहबाट आफू महामन्त्री हुने दाबी गर्दै आएका साउद देउवा टिममा नपरेपछि प्रकाशमानतिर लागेका हुन् ।
उनले सभापतिमा प्रकाशमान सिंह प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका छन् ।
प्रकाशमान सिंहकै टिममा सुजाता कोइरालाले पनि उपसभापतिमा उम्मेदवारी दिएकी छिन् । यसअघि देउवा टिममा नै रहेका विश्वप्रकाश शर्मा पनि अन्ततः प्रकाशमान सिंह टिममा पुगेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।