कांग्रेस महाधिवेशन : सुदूरपश्चिमबाट सभापतिसहित ३ दर्जन बढी उम्मेदवार

नेपाली कांग्रेसको जारी महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट सभापतिसहित विभिन्न पदमा दर्जन बढी नेताले उम्मेदवारी दिएका छन् । 

सभापतिमा डडेल्धुरा गृहजिल्ला भएका वर्तमान सभापति शेरबहादुर देउवाले पुनः उम्मेदवारी दिएका छन् । उपसभापतिमा दिवेश्वरी शाह र सहमहामन्त्रीमा बाजुराका बद्री पाण्डेले उम्मेदवारी दिए ।

पाण्डेले शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका हुन् भने शाहले निधि प्यानलबाट उम्मेदवारी दिएकी हुन् । यस्तै केन्द्रीय सदस्यमा नेता एनपी साउद, रमेश लेखक लगायत दर्जन बढी नेताले उम्मेदवारी दिएका छन् । साउदले महामन्त्रीमा दाबी गर्दै आएका थिए भने देउवा पक्षबाट महामन्त्री नपाएपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

यस्तै केन्द्रीय सदस्य खुलातर्फ आरजु राणा देउवा, नैनसिंह महर, दिलेन्द्र बडू, विजय स्वार, क्षितिज भण्डारी, तीर्थ रावल, जनक गिरी, भरत शाही र कमल शाहले उम्मेदवारी दर्ता गरेका छन् । थारु केन्द्रीय सदस्यमा रामजनम चौधरीले पनि उम्मेदवारी दिएका छन् । यस्तै भूगोलतर्फ कैलालीका डा. रणबहादुर रावल, कञ्चनपुरका यज्ञराज जोशी तथा महिलातर्फ सुशीला मिश्र भट्टको उम्मेदवारी परेको छ । उनीहरू तीनै जनाले देउवा समूहबाट उम्मेदवारी दिएका हुन् ।
    
प्रदेशबाट दुई पुरुष र एक महिला सदस्य बन्ने प्रावधान विधानमा छ । यस्तै भूगोलकै महिलातर्फ चन्दा जोशी र रमिता देउवाको पनि उम्मेदवारी परेको छ । भूगोलतर्फ भक्तबहादुर बलायर, गणेश भट्ट, जीवनसिंह विष्ट, जगतप्रसाद जोशी, दिवानसिंह विष्ट, पुष्करराज ओझा, भरतबहादुर खड्का र गोविन्द बोहराको पनि उम्मेदवारी परेको छ ।





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार ८:५९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया