सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार एक मात्र खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पौने पाँच बजे सुरु हुने खेलमा थ्रीस्टार क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो जितको खोजीमा रहेकाे थ्रीस्टार ३ खेलमा ४ अंक जोडेर आठौं स्थानमा छ । एपीएफलाई हराएर थ्रीस्टार अंक तालिकामा सुधार गर्ने दाउमा हुनेछ ।
पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले हराएको थ्रीस्टार दोस्रो खेलमा सातदोबाटोसँग १-० ले पराजित हुँदा तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १-१ को बराबरीमा रोकिएको थियो ।
अघिल्ला तीनै खेल गुमाएर बिना अंक पुच्छरमा रहेकाे एपिएफ पनि थ्रीस्टारलाई हराएर पहिलो जित निकाल्ने प्रयासमा हुनेछ । एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३-२, दोस्रो खेलमा च्यासल युथसँग १-० तथा तेस्रो खेलमा सातदोबाटोसँग ४-१ ले पराजित भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।