मैले हारे भने प्रधानमन्त्रीबाट हटाउँछन्, जिताइदिनुहोला : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू जिते मात्र सरकार रहने बताएका छन् । आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

‘अस्ति ओली हुँदा कस्तो थियो तपाईंहरूलाई थाहै छ । मैले जिते भने मात्र यो सरकार रहन्छ । मैले हारे भने मलाई प्रधानमन्त्री बाट हटाउँछन्, त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइ दिनुहोला,’ देउवाले भने ।

आफूहरूले सबै जातजातिलाई आरक्षण दिएको उल्लेख गर्दै उनले कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानुपर्नेमा जोड दिए । 

‘हामीले सबै जातजातिलाई आरक्षण दिएका छौं । यो पार्टीलाई सबैको पार्टी बनाएर लैजानुपर्छ । प्रजातन्त्र आजको जरुरी कुरा हो। कांग्रेसभित्र प्रजातन्त्र छ, तपाईंहरूलाई थाहै छ,’ देउवाले भने ।  





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १०:४७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया