लाेसपा प्रदेश २ काे अध्यक्षमा साेनललाई नियुक्त गरेकाे भन्दै पार्टीभित्रै विद्राेह

लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ को अध्यक्षमा जितेन्द्र सोनललाई नियुक्त गरेको केही घण्टा नबित्दै पार्टीभित्र सो निर्णयविरुद्ध विद्रोह सुरु भएको छ ।
 
पार्टीले एकै व्यक्तिलाई पटकपटक दोहोर्‍याइरहेकाे भन्दै लोसपाकै नेताहरूको एक समूहले सो निर्णयको विरोधमा उत्रिने चेतावनी दिएका छन् । 

लोसपाले विभिन्न जिल्लामा चयन गरेको अध्यक्ष र प्रदेशको अध्यक्षमा जितेन्द्र सोनललाई नियुक्त गर्ने निर्णयविरुद्ध सामूहिक रूपमा विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।

विज्ञप्तिमा पार्टी नेतृत्वपंक्तिले एक पद एक व्यक्ति स्वीकार गरिसकेको अवस्थामा फेरि पनि अध्यक्ष मण्डलीय प्रणालीको प्रपञ्च रच्न लागेकोले यो निर्णय आफूहरूलाई मान्य नहुने उल्लेख छ। पार्टीमा सामूहिक छलफल नगरी निर्णय गरिएको र आगामी दिनमा सामूहिक रूपमा निर्णय गर्न विज्ञप्तिमा सुझाव दिइएको छ । 

यी निर्णयहरु नसच्चिए बाध्य भएर आगामी कदम उठाउने विज्ञप्तिमार्फत चेतावनी समेत दिइएको छ । 

लोसपा अध्यक्ष महन्थ ठाकुरले विभिन्न जिल्लामा चयन गरेका अध्यक्ष र प्रदेशको अध्यक्षमा सोनलको नियुक्ति विरुद्ध लोसपाकै ३० जनाले सामूहिक रूपमा विरोध जनाएका छन् ।

असन्तुष्ट नेता उमेश मण्डलले नेताहरुको दोहोरो चरित्रका कारण पार्टी धरासायी भएको आरोप लगाउँदै नेतामुखी पार्टीले कार्यकर्ता र जनताका समस्यालाई बेवास्ता गर्ने र अन्ततः पार्टी संकटमा पर्ने बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार ११:३१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया