बंगलादेशमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । दुईजना क्रिकेटरमा संक्रमणकाे पुष्टि भएकाे बंगलादेशी मिडियाले जनाएका छन् । दुवै खेलाडी हालचाल जिम्बावेबाट आएका थिए ।
याे भेरियन्ट सर्वप्रथम नाेभेम्बर २४ मा दक्षिण अफ्रिकामा देखा परेकाे थियाे । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले यस भेरियन्टलाई ओमिक्राेन भनी नामाकरण गरेकाे हाे । अहिले विश्वका विभिन्न देशमा याे भेरियन्ट पुगिसकेकाे छ ।
भेरियन्ट कत्तिकाे डरलाग्दाे छ यस बारेमा अझै पनि अनुसन्धान भइरहेकाे छ । डब्लुएचओले आत्तिन नपर्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।