नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उम्मेदवारहरूले अब पर्चा र पम्प्लेट बाँड्न नपाउने भएका छन् ।
केन्द्रीय निर्वाचन समितिले तय गरेको निर्वाचन कार्यक्रमअन्तर्गत मनोनयन दर्तापछि दाबी विरोध हुँदै उम्मेदवारी फिर्ताको कार्यक्रम पनि सकेको अवस्थामा उम्मेदवारबारे प्रचार गर्न पाइँदैन ।
तर, उम्मेदवार र उनका सहयोगीहरू भने प्रचारमै छन् । यसपछि प्रहरीले घाँटीमा पम्प्लेट भिर्दै पर्चा नबाँड्न उम्मेदवार र सहयोगीहरूलाई लक्षित गरेर उर्दी जारी गरेको छ ।
प्रहरीको उर्दीलाई भने अटेर गर्दै प्रचारको क्रमलाई निरन्तरता दिइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।