प्रकाशमान सिंह र आरजु देउवाबीच जम्काभेट, एकले अर्काेसँग मागे भाेट
फरकधार / २६ मंसिर, २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले उम्मेदवारले केन्द्रीय प्रतिनिधिसँग भोट माग्ने क्रम जारी छ । उम्मेदवार मनोनयन दर्ताको समय डेढ घन्टा थप गरिएकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुन अझै केही समय कुर्नुपर्ने भएको छ ।



यसैक्रममा कांग्रेस सभापतिका उम्मेदवार प्रकाशमान सिंह र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले एकले अर्कोसँग मत मागेका छन् ।

महाधिवेशनस्थलमा प्रतिनिधिसँग भोट माग्दै जाने क्रममा सिंह र देउवाबीच जम्काभेट भएको हो । दुवै उम्मेदवार हु्न् । सिंह सभापतिका प्रत्यासी र आरजु केन्द्रीय सदस्यकी उम्मेदवार हुन् ।





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १३:०:४९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया