जनजाति आयोगको प्रतिवेदन बागमती प्रदेश प्रमुखसमक्ष पेस

आदिवासी जनजाति आयोगले आज आइतबार बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामबहादुर थापा मगरले प्रदेश प्रमुख शर्मालाई आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन्  । 

प्रतिवेदनमा आदिवासी जनजातिका सवाल, आदिवासी जनजाति आयोगले सम्पादन गरेका काम कारवाही लगायतका विषय समेटिएको आयोग अध्यक्ष थापामगरले जानकारी दिए ।

आयोगले देशका सातै प्रदेशमा वार्षिक प्रतिवेदन बुझाउने कार्यक्रमअनुसार बागमती प्रदेशमा पनि प्रतिवेदन बुझाइएको अध्यक्ष थापाले बताए।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शर्माले आदिवासी जनजातिलाई राज्यको पहुँचमा ल्याउनका लागि आयोगलाई लागि पर्न सुझाव दिए । 

आदिवासी जनजातिको सीप, श्रम तथा जाँगरको सम्मान गर्दै उनीहरूको उत्थान हुने खालका कार्य योजनाहरू अघि बढाउन आफू लागेको बताए ।

आयोगलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि प्रमुख शर्माले शुभकामना पनि व्यक्त गरे। 



प्रतिवेदन बुझाउने कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ, आयोगका सचिव भोला दाहाल, प्रदेश प्रमुख कार्यालयका उपसचिव कृष्णप्रसाद आचार्य, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव पारस मणि फुयाल लगायतको उपस्थिति थियो ।



  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १४:२५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया