कांग्रेस महाधिवेशन : नाच्दै गाउँदै भोट माग्दै [फोटो फिचर]

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी दिएका आफ्ना नेता जिताउनका लागि शुभचिन्तक मत माग्नलाई व्यस्त छन् । शनिबार कांग्रेसले उम्मेदवारको मनोनयन दर्ता गरेको थियो भने आज दाबीविरोध तथा उम्मेदवारी फिर्ताका कार्यक्रम रहेका थिए । यसबीचमा आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्न र मत माग्न कार्यकर्ता व्यस्त छन् ।

महाधिवेशनस्थल भृकुटीमण्डप वरपर आफ्ना नेताका पक्षमा भोट माग्नका लागि नेता तथा कार्यकर्ता बिहानदेखि नै व्यस्त छन् । उनीहरू नेताको ब्यानर, श्रव्य सामग्री सुनाएर भोट मागिरहेका छन् । कतिपय कार्यकर्ताले नाच्दै-गाउँदै भोट माग्दै छन् भने कतिपयले आफ्ना नेताका नाममा टोपी, टिसर्ट, ज्याकेटलगायतका सामग्री बनाएर प्रचारप्रसार गरिरहेका छन् । 

कांग्रेस सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला र कल्याणकुमार गुरुङले उम्मेदवारी दिएका छन् । सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले भने फिर्ता लिएका छन् ।





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १५:४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया