थप २५४ जना संक्रमित, एककाे मृत्यु

पछिल्लाे २४ घन्टामा देशभर थप २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयाेगशालामा ८ हजार ६८२ जनाकाे नमुना परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएकाे हाे । 

यसैगरी पछिल्लाे २४ घन्टामा थप १ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ।

यही अवधिमा २३४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल ५ हजार ८९० जना सक्रिय संक्रमित छन्।
 





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १५:३५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया