निर्वाचनसम्म देउवा सरकार आवश्यक छ : सिटौला

नेपाली कांग्रेस नेता कृष्ण सिटौलाले आगामी निर्वाचनसम्म शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार रहनुपर्ने बताएका छन् । 

कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका देउवा पक्षीय प्रतिनिधि र नेताहरूलाई आइतबार सम्बोधन गर्दै उनले  देउवा नेतृत्वको सरकार आगामी निर्वाचनसम्म रहनुपर्ने बताएका हुन् । 

वर्तमान सरकारले गराउने निर्वाचनले सही परिणाम ल्याउने भन्दै उनले भने, ‘निर्वाचन स्वतन्त्र, निष्पक्ष धाँधलीसहित, त्राससरहित जनताले आफ्नो मत अभिव्यक्त गर्ने सिलसिलामा परिणाम सही किसिमले आउँछ भन्ने मलाई विश्वास छ ।’

वामपन्थी नेतृत्वको सरकारले गराएको निर्वाचनको परिणाम भोगिसकेको भन्दै सिटौलाले भने, ‘एकपटक मात्र वामपन्थी गृहमन्त्री बन्दा २०५४ सालको निर्वाचनमा हामी के भोग्नुपर्यो ? साँच्चै कम्युनिस्ट पार्टीको नेता प्रधानमन्त्री भएको बेला यो देशको निर्वाचन कस्तो होला ? जसरी ओलीजीले संसद, अदालत, राज्यका अंग, प्रहरी प्रशासन आफ्नो सेवक बनाउनुभयो त्यो हिसाबले निर्वाचन कब्जा हुन्थ्यो । त्यसकारण यो सरकार निर्वाचनसम्म रहनुपर्छ ।’





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १८:२३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया