अहिलेको नेतृत्व परिवर्तन भएर फेरि जिम्मेवार गठबन्धनको सरकार बन्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता एवं कांग्रेस सभापतिका प्रत्याशी डा. शेखर कोइरालाले वर्तमान सरकारको नेतृत्व परिवर्तन भएर फेरि जिम्मेवार गठबन्धनको सरकार निर्माण हुने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई नजिताए गठबन्धनको सरकार ढल्ने बताएको प्रति आपत्ति जनाउँदै नेता कोइरालाले फेरि जिम्मेवार गठबन्धनको सरकार निर्माण हुने बताएका हुन् । 

युवाको ऊर्जाले मात्रै सशक्त र गतिशील कांग्रेस निर्माण हुने उल्लेख गर्दै उनले अग्रज पुस्ताको अनुभव र युवा पुस्ताको ऊर्जाको समीश्रण गर्दै सशक्त कांग्रेस बनाउने बताए । 

कांग्रेस सभापतिका प्रत्यासी रहेका नेता कोइरालाले शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइरालालगायत नेताको अनुभवलाई आत्मसात् गर्दै युवा ऊर्जाका साथ काम गर्ने बताए । 

हिजोका तिक्तता भुल्दै अब नयाँ शिराबाट अगाडि बढ्नुपर्ने कोइरालाले धारणा राखे । उनले संविधानमा केही परिमार्जन गर्नुपर्ने भए त्यो पनि गरिने उनले बताए ।

उनले पार्टीभित्रका बेथिति अन्त्यका लागि कांग्रेसका आमकार्यकर्ताले जवाफदेही नेतृत्व खोजिरहेको धारणा राखे । 





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १८:३०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया