कसैलाई हराउन होइन, सिंगो पार्टीलाई विजयी बनाउन चाहन्छौँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार गगन थापाले आफूहरु कसैलाई हराउन उम्मेदवार नभएको बताएका छन् । 

आइतबार महाधिवेशनको निर्वाचनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरु पार्टीमा कसैलाई पराजित गर्न नभइ जितेर सिंगो पारंटीलाई वजयी बनाउन चाहिरहेको बताए । 

'कसैलाई हामी हराउँदै छैनौं । हामी जितेर सिंगो पार्टीलाई विजयी बनाउन चाहन्छौं' उनले भने । 

यो कांग्रेस भित्रै प्रतिस्पर्धा भएको भन्दै भृकुटीमण्डपमा भेला भएका मतदाताको हातमा आफूहरुको भाग्य रहेको बताए । 

'भोलि हाम्रो भाग्य के हुने भन्ने छ  न अनुपम न बालुवाटारमा बसेर हुन्छ । हाम्रो तागत भृकुटीमण्डपमा छ' उनले भने । 





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १९:२०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया