विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श जोगाउनुहोस् : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिलाई स्वविवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्शलाई जोगाउन आग्रह गरेका छन् । १४औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिएका उनले मतदानका क्रममा आफ्नो विवेक प्रयोग गर्न आग्रह गरेका हुन् ।

उनले आइतबार साँझ फेसबुक पोस्ट सेयर गर्दै भनेक छन्, 'प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दछु ।'

१४ औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिएका उनले आफू सक्रिय रूपमा पार्टी निर्माणमा रहने बताएका थिए । उनले आगामी कांग्रेसको नेतृत्वका लागि शेखर कोइराला प्यानललाई समर्थन गरेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले उम्मेदवारी दिएका छन् । नयाँ नेतृत्वका लागि सोमबार मतदान हुँदैछ ।





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १९:५४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया