रामचन्द्र र शशांकको आशीर्वाद हामीलाई छ : शेखर कोइराला

नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफूहरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेर र शशांक कोइरालाको आशीर्वाद रहेको बताएका छन् । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि सभापति छाडेको भए पनि सहमति जुट्न नसकेका कारण पुनः सभापति उठेको दाबी गर्दै उनको आशीर्वाद आफूहरुलाई रहेको बताए । उनले पौडेल कांग्रेसको सम्मानीत नेता रहेको बताए । 

‘रामचन्द्र पौडेल हाम्रो वरिष्ठ नेता हुनुहुन्छ, शशांक कोइराला महामन्त्री हुनुहुन्छ’, कोइरालाले भने, ‘ उहाँहरुको आशीर्वाद हामीले प्राप्त गरेका छौँ । हामीले भेटेका पनि छौँ । सबै टिमलाई उहाँहरुको आशीर्वाद छ ।’

उनले आफूले जिते सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे । 





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार २०:१८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया