पृथ्वीसुब्बा प्रचार विभाग प्रमुख, योगेश स्वास्थ्य : कसलाई के को जिम्मेवारी ?

नेकपा एमालेले प्रचार विभागको जिम्मेवारी पृथ्वीसुब्बा गुरुङलाई दिएको छ । आइतबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका उपमहासचिव गुरुङलाई प्रचार विभागको जिम्मेवारी दिएको हो । 

यसअघि योगेश भट्टराई प्रचार विभागमा प्रमुख रहेका थिए । उनलाई अहिले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख बनाइएको छ । 

यस्तै एमालेले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई समग्र पार्टीको कार्यविभाजन तोक्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिएको छ । एमालेले प्रदीप ज्ञवालीलाई स्कुल विभागको जिम्मा दिइएको छ ।

कसलाई के-को जिम्मेवारी ?

अध्यक्ष केपी शर्मा ओली : समग्र पार्टी
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान
उपाध्यक्ष युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय
उपाध्यक्ष रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा
उपाध्यक्ष विष्णु पौडेल : पार्टी संगठन अनुगमन
उपाध्यक्ष सुवास नेम्वाङ : संसदीय अनुगमन
उपाध्यक्ष सुरेन्द्र पाण्डे : राजकीय मामिला
महासचिव शंकर पोखरेल : समग्र पार्टी
प्रदीप ज्ञवाली : स्कुल विभाग
पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग
विष्णु रिमाल: आर्थिक लेखा लगायत
योगेश भट्टराई : स्वास्थ्य तथा जनसंख्या विभाग
भीष्म अधिकारी : कार्यालय सचिव
खगराज अधिकारी : संगठन विभाग





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार २०:४९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया